सुनको मूल्यमा भारी गिरावट, कतिमा हुँदैछ कारोबार ?

२०८२ मंसिर २, मंगलवार

काठमाडौँ : मंगलबार छापावाल सुनको मूल्य ३ हजार ८ सय रुपैयाँले घटेको छ ।

सोमबार, छापावाल सुनको मूल्य प्रतितोला २ लाख ४३ हजार ३ सय रूपैयाँ कायम भएकोमा आज ३ हजार ८ सय रुपैयाँले घटेर २ लाख ३९ हजार ५ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार चाँदीको मूल्य प्रतितोला ३ हजार १ सय ५५ रूपैयाँ कायम भएकोमा आज ६५ रूपैयाँले घटेर ३ हजार ९० रूपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार