एमालेले विघटित संसदीय दलको बैठक बोलायो

२०८२ मंसिर २, मंगलवार

काठमाडौँ : संसद् पुनर्स्थापनाको लागि दबाब दिँदै आएको नेकपा (एमाले)ले आज विघटित संसदीय दलको बैठक बोलाएको छ । आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने तय भएको बैठकमा विकसित पछिल्लो राजनीतिक, परिस्थिति र यसको संवैधानिक निकासबारे छलफल हुँदैछ ।

वर्तमान सरकार गठन र प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भन्दै संसद् पुनर्स्थापनाका लागि आवाज उठाइरहेको एमालेले रिट लिएर अदालत जानेबारे आज छलफल गरेर निर्णय गर्दैछ । एमालेले सरकार गठन र प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भन्दै देशभर सडक प्रदर्शन सँगसँगै कानुनी बाटो पनि अपनाउने रणनीति लिएको छ। बैठकमा पछिल्लो राजनीतिक र समसामयिक विषयमा छलफल गरिनेछ ।

प्रतिनिधिसभा पुनःस्थापनाका लागि दबाब दिन एमालेले आफ्ना सांसदहरूको हस्ताक्षर संकलन पनि गरिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार