दिवङ्गत पत्रकार रजकको श्रीमती मगियालाई रोजगारीको नियुक्ति पत्र प्रदान

२०८२ मंसिर २, मंगलवार

काठमाडौँ : दिवंगत पत्रकार सुरेश रजककी श्रीमती सुजन मगियालाई सरकारले रोजगारी दिएको छ ।

सुरक्षण मुद्रण कोषमा उनलाई रोजगारी दिइएको हो। सञ्चारमन्त्री जगदीश खरेलको उपस्थितिमा कोषका कार्यकारी निर्देशक देवराज ढुंगानाले उनलाई करार सेवामा काम गर्नेगरी कम्प्युटर अधिकृतको नियुक्ति दिए । सो क्रममा उनी भावुक बनेकी थिइन् ।

पत्रकार रजकको २०८१ चैत १५ मा तीनकुनेमा भएको आन्दोलनमा ज्यान गएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार