जेनजी आन्दोलनका घाइतेलाई थप १५ हजार दिने सरकारको निर्णय

२०८२ मंसिर २, मंगलवार

काठमाडौं : सरकारले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका घाइतेलाई थप जनही १५ हजार रुपैयाँ उपलब्ध गराउने भएको छ ।

घाइतेहरू फलोअपका क्रममा आउन आर्थिक समस्या परेको गुनासो आएसँगै सरकारले थप आर्थिक सहुलियत गरेको हो। मङ्गलवार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले जेनजी आन्दोलनका घाइतेको उपचारार्थ थप तत्काल जनही १५ हजार उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्ता तथा सूचना, सञ्चार तथा प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए ।

भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा घाइते भएका २ हजार ४२९ जनालाई जनही १५ हजार रुपैयाँ रुपैयाँ राहत उपलब्ध गराउने निर्णय भएको उनले बताए । यसअघि सरकारले घाइतेलाई जनही २० हजार रुपैयाँ दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार