रामबहादुर बम्जनको मुद्दामा पेसी तोकियो

२०८२ मंसिर ५, शुक्रबार

काठमाडौँ : सम्पत्ति शुद्धीकरण (मनी लन्डरिङ) मुद्दामा सर्लाही जिल्ला अदालतको आदेशअनुसार पुर्पक्षका लागि थुनामा रहेका रामबहादुर बम्जनको मुद्दा सर्वोच्च अदालतमा आज पेसीमा चढेको छ। न्यायाधीशद्वय कुमार रेग्मी र नित्यानन्द पाण्डेयको संयुक्त इजलासमा सुनुवाइ तोकिएको हो।

बम्जनविरुद्ध ८ करोड २७ लाख ५९ हजार ४८१ रुपैयाँ बिगोसहित मुद्दा दर्ता गरिएको थियो। जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश जारी गरेपछि बम्जनले जनकपुर उच्च अदालतमा पुनरावेदन गरे पनि उच्च अदालतले जिल्ला अदालतको निर्णय सदर गरेको थियो। त्यसपछि थुनामुक्त गर्न माग गर्दै उनी सर्वोच्चमा दफा ७३ अन्तर्गत पुगेका हुन्।

यसअघि सर्लाही जिल्ला अदालतले एक नाबालिक ‘आनी’ माथि यौन दुराचार मुद्दामा बम्जनलाई १० वर्ष कैद र ५ लाख क्षतिपूर्तिको सजाय सुनाएको थियो। तर उच्च अदालत जनकपुरले जिल्ला अदालतको फैसला उल्टाउँदै गत चैत ६ गते बम्जनलाई सफाइ प्रदान गरेको थियो, जसपछि उनी जेलमुक्त भएका थिए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार