नेसनल भोलेन्टियर फोर्ससँग कोही पनि आत्तिनुपर्दैन, तर्सिनुपर्दैन : ओली

२०८२ मंसिर ५, शुक्रबार

काठमाडौँ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘नेसनल भोलेन्टियर फोर्स’ बाट कोही पनि आतिनु नपर्ने बताएका छन् । शुक्रबार युवाहरूको समूह नेसनल भोलेन्टियर फोर्स (एनभीएफ)केन्द्रीय कमान्ड घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नवगठित फोर्स राष्ट्रहित र नेकपा एमालेका लागि गठन गरिएको बताएका हुन् ।

‘यो स्वयंसेवक दस्ता राष्ट्र हितका लागि गठन भएको हो । त्यसकारण यसको अस्तित्व र सङ्गठनसँग कोही पनि आत्तिनुपर्दैन, डराउनुपर्दैन’, अध्यक्षको ओलीको भनाइ छ ।

अध्यक्ष ओलीले फोर्सले अनुशासित ढङ्गले काम गर्ने भन्दै हिंसा, आतङ्क, तोडफोड र लुटपाटकाविरुद्ध काम गर्ने बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार