राष्ट्रिय जीवन बीमा कम्पनीका नवनियुक्त अध्यक्ष अर्यालले ग्रहण गरे सपथ

२०८२ मंसिर ६, शनिबार

काठमाडौं : राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडको संचालक समितिका नवनियुक्त अध्यक्ष रमेश अर्यालले सपथ ग्रहण गरेका छन् ।

उनले शुक्रबार नेपाल बीमा प्राधिकरणका अध्यक्ष जनक राज शर्मा समक्ष प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोलमा पद तथा गोपनीयताको शपथ गरेका हुन् । कम्पनीको संचालक समितिको मिति २०८२ साल मंसीर ५ गतेको बैठकले कम्पनीका संचालक र आन्तरिक राजस्व विभागका उपमहानिर्देशक रहेका उनलाई संचालक समितिको अध्यक्ष पदमा नियुक्त गरेको हो ।

त्यस अवसरमा नेपाल बीमा प्राधिकरणका निर्देशक पूजन ढुंगेल अधिकारी र राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुन्दर पन्थी लगायत पदाधिकारीहरू उपस्थित थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार