उपत्यकाको तापक्रम ७.८ डिग्रीमा झर्‍यो

२०८२ मंसिर ७, आईतवार

काठमाडौं : काठमाडौैैं उपत्यकाको तापक्रम लगातार घट्दो क्रममा छ ।

शुक्रबार ११ डिग्री सेल्सियस रहेको उपत्यकाको न्यूनतम तापक्रम शनिबार एकैचोटि घटेर ८.५ मा झरेको थियो । आज (आइतबार) थप घटेको हो ।मौसमविदका अनुसार आज बिहान ५ः४५ बजेको मापनमा उपत्यकाको न्यूनतम तापक्रम ७.८ डिग्री सेल्सियस देखिएको छ ।

त्यसो त आजको आधिकारिक न्यूनतम तापक्रम भने अहिले बिहान ८ः४५ बजे अपडेट गरिनेछ । त्यतिबेलासम्म अहिलेको भन्दा न्यूनतम तापक्रम केही घटबढ हुने सम्भावना हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार