चितवन : आजबाट लागू हुनेगरी अण्डाको मूल्य वृद्धि भएको छ ।
किसानको फार्म मूल्यलाई आधार बनाएर समर्थन मूल्य जारी गर्दै आएको नेपाल लेयर्स कुखुरापालक सङ्घले जारी गरेको मूल्यसूचीमा भारी वृद्धि भएको हो ।
यसअनुसार एक्सएल अण्डा प्रतिक्रेट रु पाँच सय २०, ठूलो अण्डा रु पाँच सय पाँच र मिडियम रु चार सय ९० कायम गरिएको छ ।











