काठमाडौं : आइतबार छापावाल सुनको मूल्य २ हजार ९ सय रुपैयाँले बढेको छ ।
शुक्रबार, छापावाल सुनको मूल्य प्रतितोला २ लाख ४१ हजार ७ सय रूपैयाँ कायम भएकोमा आज २ हजार ९ सय रुपैयाँले बढेर २ लाख ४४ हजार ६ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
शुक्रबार चाँदीको मूल्य प्रतितोला ३ हजार १ सय रूपैयाँ कायम भएकोमा आज ३५ रूपैयाँले बढेर ३ हजार १ सय ३५ रूपैयाँ कायम भएको छ ।











