काठमाडौं : शुल्क लिएर धरहरा अवलोकन गर्न खुला गरेको सोमबार एक वर्ष पूरा भएको छ । अघिल्लो वर्ष मंसिर ९ गतेदेखि सरकारले दुई सय रुपैयाँ शुल्क लिएर धरहरा अवलोकन गर्न सकिने व्यवस्था मिलाएको थियो ।
यो अवधिमा धरहरा अवलोकन गर्नेहरूबाट सात करोड ८० लाख रुपैयाँ राजस्व उठेको छ। केन्द्रीय आयोजना कार्यान्वयन एकाइ अन्तर्गत धरहरा एकाइ सञ्चालन कार्यालयका प्रमुख महेश राईका अनुसार एक वर्षमा चार करोड २० लाख व्यक्तिले धरहरा अवलोकन गरिसकेका छन्।
२०८१ सालमा संविधान दिवसको दिन (असोज ३ गते) देखि सर्वसाधारणलाई धरहरा खुला गरिएको थियो तर त्यतिबेला सुरुमा निःशुल्क अवलोकन गर्न सकिने व्यवस्था मिलाइएको थियो। २०८१ मंसिर ९ गतेदेखि भने सर्वसाधारणलाई दुई सय, विद्यार्थी, जेष्ठ नागरिक अपांग र फरकक्षमता भएका नागरिकलाई एक सय रुपैयाँ लिएर धरहरा अवलोकन गर्न सकिने व्यवस्था मिलाइएको थियो।











