कांग्रेसद्वारा सभापति राईको निधनप्रति दुःख व्यक्त

२०८२ मंसिर ८, सोमबार

काठमाडौँ : नेपाली कांग्रेसले सङ्खुवासभा क्षेत्र नं १ प्रदेश (क) का पार्टी सभापति देउमान राईको निधनप्रति दुःख व्यक्त गरेको छ ।

पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज शोक विज्ञप्ति जारी गरी जिल्ला समन्वय समितिका सदस्यसमेत रहेका क्षेत्रीय सभापति राईको हृदयाघातबाट भएको निधनप्रति दुःख व्यक्त गरेका हुन् । मकालु गाउँपालिका–३ का बासिन्दा राईले नेपाली कांग्रेसको सङ्गठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेको कांग्रेसले जनाएको छ ।

राईको निधनप्रति कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पनि दुःख व्यक्त गरेका छन् । कार्यवाहक सभापति खड्काले राईप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चिरशान्तिको कामनाका साथै शोकसन्तप्त परिवारजनप्रति पार्टी र आफ्नोतर्फबाट समवेदना व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार