नेपाली बजारमा सामसङको नयाँ ट्याबलेट : ‘ग्यालेक्सी ट्याब ए११’ सार्वजनिक

२०८२ मंसिर ८, सोमबार

काठमाडौं : सामसङ नेपालले नेपाली उपभोक्ताको डिजिटल आवश्यकतालाई मध्यनजर गर्दै नयाँ ट्याबलेट ‘ग्यालेक्सी ट्याब ए११’ औपचारिक रूपमा बजारमा भित्र्याएको छ ।

शक्तिशाली प्रदर्शन, आकर्षक डिजाइन र बहुउपयोगी फिचरसहितको यो ट्याबलेट सबै उमेर समूहका प्रयोगकर्ताका लागि उपयुक्त हुने कम्पनीले दाबी गरेको छ ।

कम्पनीका अनुसार यो ट्याबलेटमा ८.७ इन्चको फराकिलो डिस्प्ले रहेको छ, जसले चलचित्र हेर्न, गेम खेल्न तथा अनलाइन कक्षा लिनका लागि जीवन्त दृश्य अनुभव प्रदान गर्छ । ट्याबमा हेलियो जी९९ (Helio G99) प्रोसेसरको प्रयोग गरिएको छ । यसले गर्दा इन्टरनेट स्ट्रिमिङ, मल्टिटास्किङ र एउटा एपबाट अर्कोमा जान (एप स्विचिङ) निकै सहज र तीव्र हुने कम्पनीले बताएको छ ।

स्लिम र हलुका डिजाइनमा उपलब्ध ट्याब ए११ मा ५१०० एमएएच (5100 mAh) क्षमताको ब्याट्री जडान गरिएको छ । यसले लामो समयसम्म चार्ज नसकिने हुँदा प्रयोगकर्ताले ढुक्कसँग काम गर्न सक्नेछन् । सामसङ इकोसिस्टमसँगको सहज तालमेलका कारण यो ट्याबलेटमार्फत स्मार्टफोन तथा अन्य ग्यालेक्सी उपकरणहरूसँग फाइल ट्रान्सफर, नोटिफिकेसन व्यवस्थापन र डेटा शेयरिङ गर्न निकै सरल हुनेछ ।

घरभित्र वा बाहिर जुनसुकै वातावरणमा पनि सहज इन्टरनेट सुविधाका लागि यो ट्याब एलटीई (LTE) र वाइफाइ (Wi-Fi) दुवै मोडलमा उपलब्ध गराइएको कम्पनीले जानकारी दिएको छ । विद्यार्थीदेखि युवा प्रोफेसनलसम्मलाई लक्षित गरिएको यो उत्पादनले प्रयोगकर्तालाई भरपर्दो अनुभव दिने विश्वास कम्पनीले लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार