ट्रकले स्कुटरलाई ठक्कर दिँदा महिलाको मृत्यु

२०८२ मंसिर ९, मंगलवार

काठमाडौं : ललितपुर महानगरपालिका–१४ थसीखेलस्थित सडकमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा महिलाको ज्यान गएको छ।

स्कुटर चालक सितापाइला बस्ने मोरङ विराटनगर घर भएकी ३८ वर्षीया पार्वता लुइँटेलको मृत्यु भएको हो। ना.६ ख ४९१७ नम्बरको ट्रकले बाग्मती प्रदेश ०२-०३२ प ४१७५ नम्बरको स्कुटरलाई मंगलबार बिहान ठक्कर दिएको थियो।

दुर्घटनामा गम्भीर घाइते भएकी उनको पाटन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार