प्रतिनिधि सभा निर्वाचनका लागि ६४ दल दर्ता

२०८२ मंसिर ९, मंगलवार

काठमाडौं : निर्वाचन आयोगमा आजसम्म ६४ राजनीतिक पार्टीले दल दर्ता गराएका छन् ।

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा भाग लिन सो संख्यामा दल दर्ता भएको आयोगले जनाएको छ । निर्वाचन आयोगका प्रवक्ता (सहसचिव) नारायणप्रसाद भट्टराईका अनुसार नेपाली कांग्रेस, नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टीलगायत प्रमुख राजनीतक दलले दल दर्ता गराइसकेका छन् ।

निर्वाचन आयोगमा पहिले दर्ता भएका राजनीतिक दलहरूले निर्वाचनमा भाग लिन फेरि दल दर्ता गराउनुपर्ने प्रावधान छ। अझै दल दर्ता गराउने समय आज र भोलि बाँकी छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार