प्रतिनिधिसभा सर्वोच्च अदालतबाट पुनः स्थापित हुन सक्छ : सभामुख घिमिरे

२०८२ मंसिर ९, मंगलवार

काठमाडौँ : सभामुख देवराज घिमिरेले विघटित प्रतिनिधिसभा सर्वोच्च अदालतबाट पुनःस्थापित हुन सक्ने बताएका छन्।

मंगलबार जेनजी आन्दोलनका क्रममा आगजनीले ध्वस्त बनाएको कोसी प्रदेशसभा भवन निरीक्षण गर्ने क्रममा उनले यस्तो बताएका हुन्। घिमिरेका अनुसार संविधानले संसद्‌बाहिरबाट प्रधानमन्त्री नियुक्त गर्ने व्यवस्था पनि गरेको छैन। उनले भने, ‘यो विषय अब न्यायालयमा पुगेको छ। ठीक ढंगले न्याय हुन सके प्रतिनिधिसभा पुनःस्थापित हुन्छ।’

सो अवसरमा कोसी प्रदेशसभा सभामुख अम्बरबहादुर विष्टले आगजनीबाट भएको क्षतिको विवरण घिमिरेलाई बुझाएका थिए। प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा सभामुख घिमिरेले सर्वोच्च अदालतमा लिखित जवाफसमेत पेश गरिसकेका छन्। देवकोटा चोक र अस्पताल चोकको बीच रहेको प्रदेशसभा भवन आगलागीका कारण प्रयोग योग्य नरहेपछि प्रदेशसभा र सचिवालय कटहरी गाउँपालिका–१ स्थित तरकारी बजार भवनमा सरेका छन्।

त्यससँगै, घिमिरेले मोरङको कटहरीस्थित कृषि थोक बजार क्षेत्रमा निर्माणाधीन प्रदेशसभा सचिवालयको पनि निरीक्षण गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार