राप्रपाले गर्‍यो निर्वाचन आयोगमा दल दर्ता

२०८२ मंसिर १०, बुधबार

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले निर्वाचन आयोगमा दल दर्ता गरेको छ ।

प्रतिनिधिसभा निर्वाचनको प्रयोजनका लागि राप्रपाले आयोगमा दल दर्ता गराएको पार्टी प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए । निर्वाचन आयोगले बुधवारसम्म दल दर्ताको समयावधि तोकेको छ । सो क्रममा दलहरूले दल दर्ताको काम अघि बढाएका हुन् ।

आयोगमा ६२ भन्दा बढी दल दर्ता भइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार