काठमाडौँ : जाडो मौसमलाई लक्षित गर्दै सामसङ नेपालले ‘वार्म विन्टर अफर’ ल्याएको छ ।
उपभोक्ताको दैनिकी सहज बनाउने उद्देश्यसहित घोषणा गरिएको यो योजना २१ नोभेम्बरदेखि आगामी १४ जनवरीसम्म देशभरका आधिकारिक विक्रेताकहाँ लागु हुने कम्पनीले जनाएको छ । यो योजनाअन्तर्गत वासिङ मसिनको खरिदमा ग्राहकले अधिकतम २३ प्रतिशतसम्म ‘इन्स्ट्यान्ट क्यासब्याक’ प्राप्त गर्न सक्नेछन् । ७ केजीदेखि १२ केजी क्षमतासम्मका वासिङ मसिनमा यो छुट लागु हुने बताइएको छ ।
कम्पनीले ‘एआई इकोबबल वासर ड्रायर’ (AI Ecobubble Washer Dryer) मा २३ प्रतिशत, ‘एआई इकोबबल फ्रन्ट लोड’मा २० प्रतिशत तथा ‘सेमी’ र ‘फुल्ली अटोमेटिक टप लोड’ वासिङ मसिनहरूमा १२ प्रतिशतसम्म क्यासब्याकको व्यवस्था गरेको छ ।
त्यसैगरी, रेफ्रिजिरेटर खरिदमा अधिकतम १७ प्रतिशतसम्म क्यासब्याक उपलब्ध गराइएको छ । सिंगल डोर र डबल डोर रेफ्रिजिरेटरमा १७ प्रतिशत, ‘५ इन १’ (5 in 1) मोडेलमा १५ प्रतिशत र ‘साइड–बाइ–साइड’ (SBS) मोडेलमा ११ प्रतिशतसम्म छुट प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।
सामसङले आफ्ना वासिङ मसिन र रेफ्रिजिरेटरमा प्रयोग हुने डिजिटल इन्भर्टर टेक्नोलोजी मोटरमा २० वर्षको वारेन्टी प्रदान गरेको छ । साथै, खरिद गरिएका सबै मोडेलमा निःशुल्क इन्स्टलेसनको सुविधासमेत उपलब्ध छ ।
ग्राहकको सहजताका लागि कम्पनीले ‘सामसङ इन्स्टा फाइनान्स’ सेवा पनि उपलब्ध गराएको छ । हुलास फिनसर्भसँगको सहकार्यमा सञ्चालित यो सेवामार्फत ग्राहकले आफ्नो नागरिकता मात्र पेस गरेर शून्य प्रतिशत ब्याजदरमा मासिक किस्ताबन्दीमा उपकरण खरिद गर्न सक्नेछन् ।
यसका साथै, ‘अर्कोस्टोर’ (arkostore) वा आधिकारिक डिलरमार्फत पुराना उपकरण साटेर नयाँ लिन सकिने ‘एक्सचेन्ज सुविधा’ पनि उपलब्ध रहेको कम्पनीले जानकारी दिएको छ ।











