बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

२०८२ मंसिर १०, बुधबार

काठमाडौं : बुधबार छापावाल सुनको मूल्य ९ सय रुपैयाँले बढेको छ ।

मंगलबार, छापावाल सुनको मूल्य प्रतितोला २ लाख ४७ हजार ९ सय रूपैयाँ कायम भएकोमा आज ९ सय रुपैयाँले बढेर २ लाख ४८ हजार ८ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार चाँदीको मूल्य प्रतितोला ३ हजार २ सय रूपैयाँ कायम भएकोमा आज २० रूपैयाँले बढेर ३ हजार २ सय २० रूपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार