एमाले महाधिवेशन उद्घाटन स्थल सल्लाघारी सार्ने तयारी

२०८२ मंसिर १०, बुधबार

काठमाडौँ : नेकपा (एमाले) ले महाधिवेशन उद्घाटन स्थल सार्ने तयारी गरेको छ।

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार ११ औं राष्ट्रिय महाधिवेशनको उद्घाटन भक्तपुरको सल्लाघारी चौरमा गर्ने तयारी भइरहेको छ।

‘हामीले टुँडिखेलको खुलामञ्च, भृकुटीमण्डप र सल्लाघारीको विकल्पमा छलफल गरिरहेका थियौं,’ उनले भने, ‘आजबाट भक्तपुरको सल्लाघारीको पक्षमा पल्लाभारी भएको छ।’

एमालेको बुधबार महाधिवेशन सचिवालयको बैठक पनि बसेको थियो। त्यहाँ पनि महाधिवेशन स्थलबारे छलफल भएको थियो।

गौतमका अनुसार काठमाडौंमा सवारी चाप, मानिसहरूको आवतजावत आदिलाई ध्यानमा राखेर उद्घाटनस्थल परिवर्तन गर्न लागिएको हो।

उद्घाटन सल्लाघारी गरिए पनि बन्दसत्र काठमाडौंको भृकुटीमण्डपमै हुनेछ। एमालेको ११ औं महाधिवेशन यही मंसिर २७, २८, २९ गते हुँदैछ।

एमालेको यो महाधिवेशन नेतृत्व चयनसँग जोडिएको छ। एमालेले गत भदौ २० देखि २२ गतेसम्म विधान महाधिवेशन गरेर नीति तय गरेको छ। अध्यक्ष केपी शर्मा ओलीले त्यसमा धेरै छलफल नहुने बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार