ललितपुर : नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आगामी शुक्रबार बस्ने भएको छ ।
पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले दिएको जानकारीअनुसार मङ्सिर ११ गते बिहीबार दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय, बिपी स्मृति भवन, बिपीनगर, ललितपुरमा बस्ने भनिएको बैठक २०८२ मङ्सिर १२ गते शुक्रबार दिउँसो २ बजे बस्ने भएको हो ।
उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र सातवटै प्रदेश कार्यसमितिका सभापतिलाई उपस्थितिका लागि अनुरोध गरिएको उनले जानकारी गराए ।










