काठमाडौं : बिहीबार छापावाल सुनको मूल्य ४ सय रुपैयाँले घटेको छ ।
बुधबार, छापावाल सुनको मूल्य प्रतितोला २ लाख ४८ हजार ८ सय रूपैयाँ कायम भएकोमा आज ४ सय रुपैयाँले घटेर २ लाख ४८ हजार ४ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबार चाँदीको मूल्य प्रतितोला ३ हजार २ सय २० रूपैयाँ कायम भएकोमा आज ६० रूपैयाँले बढेर ३ हजार २ सय ८० रूपैयाँ कायम भएको छ ।





