काठमाडौँ : शुक्रबार छापावाल सुनको मूल्य २ हजार २ सय रूपैयाँले बढेको छ ।
बिहीबार, छापावाल सुनको मूल्य प्रतितोला २ लाख ४८ हजार ४ सय रूपैयाँ कायम भएकोमा आज २ हजार २ सय रूपैयाँले बढेर २ लाख ५० हजार ६ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बिहीबार चाँदीको मूल्य प्रतितोला ३ हजार २ सय ८० रूपैयाँ कायम भएकोमा आज ६५ रूपैयाँले बढेर ३ हजार ३ सय ४५ रूपैयाँ कायम भएको छ ।





