मङ्सिर २० मा विवाह गर्दै अभिनेत्री पूजा शर्मा

२०८२ मंसिर १२, शुक्रबार

काठमाडौँ : अभिनेत्री पूजा शर्मा विवाह बन्धनमा बाँधिने भएकी छन् । यही मङ्सिर २० गते उनले प्रेमी युद्ध बानियाँसँग लगनगाँठो कस्न लागेकी हुन् ।

विवाह भक्तपुरको साँगामा अवस्थित पाँचतारे होटल फच्र्युनमा आयोजना गरिएको छ । विवाह समारोहमा दुई पक्षका सीमित पारिवारिक सदस्य, आफन्त र साथीभाइलाई निम्त्याइएको छ ।

पूजा र युद्धको विगत ६ वर्षदेखि प्रेम सम्बन्धमा छन् । फिल्म ‘म यस्तो गीत गाउँछु २’ रिलिजको बेला उनले आफ्नो प्रेम सम्बन्धबारे खुलासा गरेकी थिइन् । युद्धले औँठी लगाइदिएर पूजालाई प्रेम प्रस्ताव राखेका थिए । पूजाले युद्धसँग मिलेर झम्सिखेलमा रेस्टुरेन्ट सञ्चालन गर्दै आइरहेकी छन् ।

फिल्म भने पूजाले दशैंभन्दा अगाडि ‘३६ को आँकडा’को छायाङ्कन सकिएकी छन् । एक एक्सन फिल्म निर्माणको तयारीमा छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार