काठमाडौँ : इलेक्ट्रोनिक्स ब्राण्ड एलजी नेपालले ‘अफेक्सनेट इन्टेलिजेन्स’ (Affectionate Intelligence) अवधारणामा आधारित नयाँ पुस्ताको ‘एलजी एआई टिभी’ नेपाली बजारमा सार्वजनिक गरेको छ ।
आफ्नै अत्याधुनिक अल्फा एआई प्रोसेसर जेन टु राखिएको यो टिभीले प्रयोगकर्ताको व्यवहार बुझ्ने र सोहीअनुरूप चल्ने क्षमता राख्ने कम्पनीले जनाएको छ । एलजी नेपालका अनुसार यो नयाँ टिभीले रियल टाइम (वास्तविक समय) मै प्रयोगकर्ताको रुचि, हेर्ने बानी र कोठाको वातावरण विश्लेषण गरी तस्बिर तथा ध्वनिको गुणस्तर स्वतः (अटोमेटिक) कस्टमाइज गर्छ ।
एलजी एआई टिभी सिरिजमा एआई च्याटबटमार्फत संवाद गरेर सहायता लिन सकिने, एआई कन्सियर्समार्फत रुचि अनुसारको सामग्री सुझाव पाइने तथा एआई पिक्चर र साउन्ड विजार्डमार्फत दृश्य र आवाजलाई वातावरण अनुकूल बनाउन सकिने सुविधा छ । साथै, ‘एआई भोइस आईडी’ मार्फत प्रत्येक प्रयोगकर्ताले आफ्नो आवाजका आधारमा व्यक्तिगत प्रोफाइल र कमान्ड व्यवस्थापन गर्न सक्नेछन् ।
नेपाली बजारमा एलजीका चार ओटा प्रिमियम एआई सिरिजहरू उपलब्ध गराइएको छ । जसमा एलजी ओलेड इभो एआई (OLED evo AI), एलजी क्यूनेड एआई (QNED AI), एलजी नानोसेल एआई (NanoCell AI) र एलजी यूएचडी एआई (UHD AI) रहेका छन्।
एलजीका मार्केटिङ तथा ब्राण्ड प्रमुख मुकेश कुमार बैठाले एआई टिभीको आगमनसँगै नेपालमा इन्टेलिजेन्स इन्टरटेनमेन्ट प्रविधिको नयाँ युग सुरु भएको दाबी गरे । उनले भने, “यो प्रविधि प्रयोगकर्तालाई बुझ्ने मात्र होइन, उनीहरूसँगै विकसित हुँदै जीवनशैलीमा सार्थक परिवर्तन ल्याउने क्षमतासहित डिजाइन गरिएको छ ।”
नयाँ एआई टिभी नेपालभरका एलजीका आधिकारिक शोरुम तथा रिटेल पार्टनरहरूकहाँ उपलब्ध भइसकेको कम्पनीले जानकारी दिएको छ ।











