देश बनाउन संकल्प चाहिन्छ : माधव नेपाल

२०८२ मंसिर १२, शुक्रबार

काठमाडौं : नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले आफूहरू प्रधानमन्त्री हुँदाको समयमा काम नगरेको भन्ने विषयको खण्डन हुनुपर्ने बताएका छन् ।

शुक्रबार धनगढीमा आयोजित पहिलो एकता सन्देशसभालाई सम्बोधन गर्दै उनले भने, “अहिले यो देशलाई कसरी बनाउने भन्नेबारे हाम्रो दिमागमा त्यही विचार मात्रै छ । देशलाई बनाउन संकल्प चाहिन्छ । विदेशीहरूको गलत कुराको पछि लाग्ने हैन । देशको मर्यादा र सम्मानलाई माथि उठाउने विषयमा चिन्ता हुनुपर्छ ।”

नेपालले संकटका बेलामा महत्त्वपूर्ण भूमिका खेलेको बताए । उनले भने, “पार्टीको भूमिका महत्त्वपूर्ण छ । भदौ २३ र २४ गतेको घटनाले चिन्ता फैलिएको थियो । त्यो बेलामा पनि कमरेड प्रचण्ड र मलाई राष्ट्रपतिले हामीलाई सम्झिनुभयो । राति ९ देखि ४ बजेसम्म हामी बस्यौँ । अरु कुनै पार्टीका नेताहरूको अत्तोपत्तो भएन । अहिलेको प्रधानमन्त्रीलाई पनि भन्यौँ चुनाव गर्नुस् अघि बढ्नुस् । सबै नेता उस्तै छैनन् ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार