काठमाडौं : लोकप्रिय गायिका सुनिता दुलाल विवाह बन्धनमा बाँधिएकी छन्।
मुसिकोट घर भएका राजेशसँग सुनिताले शनिबार विवाह गरिन । दुलाल नेपाली लोक गीत क्षेत्रकी चर्चित गायिका हुन् । विशेष गरी तीज गीतमा उनको आफ्नै पहिचान रहेको छ । दुलाहा राजेश नेपाल विद्यार्थी संघका पूर्वकेन्द्रीय सदस्य हुन्।
काठमाडौंको एक रिसोर्टमा उनीहरूको विवाह भएको हो । यसअघि गत बिहीबार उनीहरूले इन्गेजमेन्ट गरेका थिए ।











