काठमाडौं : नेपाल एसीसी यू–१९ प्रिमियर कप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । शनिबार भएको सेमिफाइनल खेलमा मलेसियालाई नौ विकेटले हराउँदै नेपाल फाइनल पुगेको हो।
टस जितेर पहिले बलिङ गरेको नेपालले १७.२ ओभरमा मलेसियालाई ५१ रनमा अलआउट गरेको थियो। जवाफी ब्याटीङमा ७.५ ओभरमै एक विकेट गुमाएर नेपालले सहजै खेल जितेको हो। बलिङतर्फ नितेश कुमार पौडेलले ४, चन्दन रामले ३ तथा अपराजित पौडेल, अशोक धामी र रोशन विश्वकर्माले १–१ विकेट लिए।
अर्काे सेमिफाइनल खेल यूएई र ओमनबिच भइरहेको छ। सो खेलको विजेतासँग नेपालले फाइनल खेल्नेछ। यो जितसँगै नेपाल यू–१९ एसिया कपका लागि पनि छनोट भएको छ।










