ताप्लेजुङमा एमाले प्रतिनिधि सर्वसम्मत चयन

२०८२ मंसिर १३, शनिबार

ताप्लेजुङ : नेपाल कम्युनिष्ट पार्टी (एमाले) को यही मङ्सिर २७ गते काठमाडौँमा हुने ११औँ राष्ट्रिय महाधिवेशनका लागि यहाँबाट १२ जना प्रतिनिधि सर्वसम्मत चयन भएका छन् ।

निर्वाचन अधिकृत राजकुमार चुडालका अनुसार खुलातर्फ दिपेन पोमु, घनेन्द्र मादेन, अनन्त साँवा, कैलाश राई, ज्ञानु लावती र छत्रपति प्याकुरेल सर्वसम्मत चयन भएका छन् । महिलातर्फ रनमाया गुरुङ, मीना केदेम, प्रमिला खनाल र टीका सुवेदी चयन भएका छन्।

युवातर्फ गोपाल न्यौपाने र दलिततर्फ बुद्धिमान परियार चयन भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार