काठमाडौं : बिहीबार छापावाल सुनको मूल्य ८ सय रूपैयाँले घटेको छ ।
बुधबार, छापावाल सुनको मूल्य प्रतितोला २ लाख ५४ हजार १ सय रूपैयाँ कायम भएकोमा आज ८ सय रूपैयाँले घटेर २ लाख ५३ हजार ३ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबार चाँदीको मूल्य प्रतितोला ३ हजार ६ सय ५५ रूपैयाँ कायम भएकोमा आज ३० रूपैयाँले घटेर ३ हजार ६ सय २५ रूपैयाँ कायम भएको छ ।
महासंघका अनुसार बिहीबार प्रति १० ग्राम सुनको मूल्य २ लाख १७ हजार १६५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ३ हजार १०८ रुपैयाँमा कारोबार भईरहेको छ ।







