काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा जनकपुर बोल्ट्सलाई ४ विकेट हराउँदै लुम्बिनी लायन्स प्लेअफमा पुगेको छ ।
जनकपुरले दिएको १३३ रनको लक्ष्य लुम्बिनीले १९.१ ओभरमा ६ विकेटको क्षतिमा पूरा गर्यो । प्रतियोगितामा सुदूरपश्चिम रोयल्स अविजित रहँदै १२ अङ्कका साथ पहिलो क्वालिफायरका लागि छनोट भइसकेको छ।
काठमाडौं गोर्खाज र विराटनगर किङ्स प्लेअफमा सुरक्षित छन्। कर्णाली याक्स भने यसअघि नै बाहिरिसकेको छ।





