बसको ठक्करबाट एकको मृत्यु, पूर्वपश्चिम राजमार्ग अवरुद्ध

२०८२ मंसिर २०, शनिबार

काठमाडौं : रौतहटको चन्द्रनिगाहपुरस्थित मोथियाही पुलनजिक भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएपछि मृतकका आफन्तले शनिबार पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका छन् ।

शुक्रबार साँझ बसको ठक्करले मोटरसाइकल चालकको मृत्यु भएपछि पीडित परिवारले उचित क्षतिपूर्तिको माग गर्दै सडक बन्द गरेका हुन् ।दुर्घटनाका बेला मोटरसाइकलमा मृतकसँगै उनका  तीन सन्तान पनि सवार थिए । उनीहरूको अस्पतालमा उपचार भइरहेको छ ।

चन्द्रपुर नगरपालिका–६ स्थित मोतियाही पुलनजिक चपुर–गौर खण्डमा गौरबाट चन्द्रनिगाहपुरतिर आउँदै गरेको ना४ ख ६५४७ नम्बरको बस र विपरीत दिशाबाट जाँदै गरेको ना ३९ प ४२४० नम्बरको मोटरसाइकल ठोक्किएको थियो ।

दुर्घटनामा बृन्दावन नगरपालिका–२, विश्रामपुरका ४० वर्षीय नागेन्द्र पटेलको मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार