काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) को महत्त्वपूर्ण एलिमिनेटर खेलमा काठमाडौं गोर्खाजले लुम्बिनी लायन्ससामु जितका लागि ११२ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको काठमाडौंले निर्धारित १९.१ ओभरमा अलआउट हुँदै १११ रन मात्र बनाउन सक्यो।





