च्याम्पियन्स लिग : रियल म्याड्रिड म्यानचेस्टर सिटीसँग पराजित

२०८२ मंसिर २५, बिहीबार

काठमाडौं : युरोपेली च्याम्पियन्स लिगमा म्यानचेस्टर सिटीले रियल म्याड्रिडलाई पराजित गरेको छ।

सान्टियागो बर्नबेउमा गएराति भएको खेलमा सिटीले रियललाई २-१ गोलले पराजित गरेको हो। खेलको २८ मिनेटमा रोद्रिगोले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए। ३५ मिनेटमा सिटीका निको ओ रेलीले बराबरी गोल फर्काए। ४३ मिनेटमा सिटीले पाएको पेनाल्टीलाई अर्लिङ हालान्डले सदुपयोग गर्दै टोलीलाई अग्रता दिलाएका थिए।

दोस्रो हाफमा दुवैबाट गोल नभएपछि सिटी विजयी भएको थियो।जितसँगै सिटी अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ। उसले ६ खेलबाट १३ अंक जोडेको छ। पराजित भएको रियल १२ अंकका साथ सातौं स्थानमा छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार