गोवा नाइट क्लबमा ज्यान गुमाएका पाँचै जना नेपालीको खुल्यो पहिचान

२०८२ मंसिर २५, बिहीबार

काठमाडौं : भारत गोवास्थित एक नाइट क्लबमा आगलागी हुँदा ज्यान गुमाएका सबै नेपालीको पहिचान खुलेको छ । गत शनिबारको भएको आगलगीमा पाँच नेपालीसहित २५ जनाले ज्यान गुमाएका थिए ।

गोवा प्रहरीका अनुसार ज्यान गुमाउने नेपालीहरुमा दाङका ३१ वर्षीय चुर्णबहादुर पुन, सिन्धुलीका लिलबहादुर कटुवाल (विवेक), झापाका सविन विश्वकर्मा र सुदीप विश्वकर्मा तथा डडेलधुराका मनोज जोरा रहेका छन् । उनीहरुको शव नेपाल ल्याउने तयारी भइरहेको छ ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले उनीहरुको शव ल्याउन नयाँदिल्लीस्थित नेपाली राजदूतावासले गोवा सरकारसँग समन्वय गरिरहेको बताएका छन् । उनका अनुसार चुर्णबहादुरको शवलाई गोवाबाट एयर एम्बुलेन्समार्फत् लखनउ र लखनउबाट गाडीमा दाङ पु¥याउने तयारी भइरहेको छ । अन्यको पनि घरसम्मै शव पु¥याइदिने पहल भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार