प्रधानमन्त्रीले नक्कली जेनजीसँग वार्ता गरेको ज्ञानेन्द्र शाहीको आरोप

२०८२ मंसिर २५, बिहीबार

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री सुशीला कार्कीले सिंहदरबारमा नक्कली जेनजीसँग वार्ता गरेको आरोप लगाएका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधानमन्त्रीले नाटक र चटक गरेको बताएका हुन् ।

हामीले त सुशिला कार्कीलाई प्रधानमन्त्री जेन्जीले बनाएका हुन् भन्ठानेका थियौ। तर उहाँको ३८ वर्षीय नक्कली जेन्जी जेठो छोरोले बनाएको रहेछ भन्ने कुरा आज प्रधानमन्त्रीबाटै सबै जेन्जीका अगाडि प्रधानमन्त्री निवास सिंहदरबारमा बोल्दै स्वीकार्नुभयो। यदि असली जेन्जिसँग वार्ता गर्ने भए प्रधानमन्त्री ज्यु अस्पतालमा सैयामा गोली खाएर लडेका युवाहरूसँग वार्ता गर्नुहोस्। होइन भने यो नाटक र चटक बन्द गर्नुहोस्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार