काठमाडौँ : अभिनेता राजेश हमाल अभिनीत फिल्म ‘प्रवासी जीवन’ आगामी फागुन १५ देखि नेपालभर प्रदर्शन हुने भएको छ ।
उज्ज्वल भविष्य र स्थायित्वका लागि संयुक्त राज्य अमेरिका पुगेका नेपालीले त्यहाँ गर्नुपर्ने सङ्घर्षसहितको प्रवासी जीवनको कथा बोकेको फिल्मलाई श्याम क्षेत्री र राम अधिकारीले संयुक्त रूपमा निर्देशन गरेका छन् ।
फिल्ममा राजेश हमाल, सरिता लामिछाने, बुद्धि तामाङ, महादेव त्रिपाठी, एञ्जेला बस्नेत, गगन सुबेदी, लोकेश भित्रीकोटी, दिव्या न्यौपाने, अबिगेल लुहार, प्रासु गिरि, शिखा अधिकारीलगायतको अभिनय रहेको छ ।
अमृत बिसुवाले छायाङ्कन, राम अधिकारीले सम्पादन, नवीन कार्कीले सङ्गीत फिल्मलाई आरआर फिल्म्सले वितरण गर्नेछ ।





