अध्यक्ष ओलीले आज सम्पादकहरुसँग छलफल गर्दै

२०८२ मंसिर २५, बिहीबार

काठमाडौँ : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आज सम्पादकहरूसँग छलफल गर्दैछन्।

प्रेस चौतारीले बिहीबार दिउँसो १ बजे कोटेश्वरस्थित पार्टी प्यालेसमा सम्पादकहरूसँग छलफल अन्तरक्रिया राखेको अध्यक्ष गणेश पाण्डेले जानकारी दिए।

शनिबारदेखि शुरू हुने एमालेको ११ औं महाधिवेशनबाट पुनः अर्को कार्यकालका लागि अध्यक्ष हुने तयारी गरेका ओलीले सम्पादकहरुसँगको भेटमा आफ्ना आगामी योजना र रणनीति सार्वजनिक गर्दै छन्।

बुधबार पोखरेलले पनि सम्पादकहरूसँग अन्तरक्रिया गरेका थिए। अध्यक्ष ओलीले आज आफूलाई प्रस्तुत गर्न लागेका हुन्।

शनिबार भक्तपुरको सल्लाघारीमा उद्घाटन सत्र हुनेछ। बन्द सत्र भने काठमाडौंको भृकुटीमण्डपमा हुने गरी तय गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार