काठमाडौँ : नेपाली कांग्रेस बागलुङ क्षेत्र नं. २ ले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि प्रत्यक्ष तथा समानुपातिक दुबै तर्फका उम्मेदवार सिफारिस सार्वजनिक गरेको छ।
मङ्गलबार बसेको क्षेत्रीय समितिको बैठकबाट प्रत्यक्ष तर्फ १० जना आकाङ्क्षीको नाम सिफारिस गरिएको हो । दर्ता भएको सबैको नामावली जिल्ला कार्यसमिति मार्फत केन्द्रीय समितिमा पठाइने क्षेत्रीय सभापती जोकलाल बुढा मगरले जानकारी दिए ।
प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली काँग्रेस बागलुङ प्रतिनिधि सभा क्षेत्र नं.–२ बाट प्रत्यक्षका लागि १० जनाको नाम सिफारिस गरिएको छ। प्रत्यक्ष तर्फ नरबहादुर पुन (निरज), अर्जुन शेरचन, टेकराज पौडेल, मञ्जेशबम मल्ल, गिता श्रीष, धुव्र गौतम, डण्डापानी शर्मा, ऋषिराम कंडेल, डिलाराम शर्मा र देवेन्द्र कुमार घर्ति मगर रहेको छ ।
नरबहादुर पुन (निरज) महाधिवेशन प्रतिनिधि र पूर्व संविधानसभा सदस्य हुन्। उनी २०७४ सालको निर्वाचनमा प्रतिनिधि सभाको उम्मेदवार समेत हुन् ।
प्रतिनिधि सभाका लागि समानुपातिक तर्फ रेणुका काउचा मगर, सागर छन्त्याल, मायाँ केसी र भिमु क्षेत्री सिफारिस भएका छन्।







