काठमाडौं : पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई भारत भ्रमणमा जान लागेका छन्। जेन–जी आन्दोलनपछि उनी पहिलोपटक भारत भ्रमणमा जान लागेका हुन्।
दिल्ली र मुम्बईमा आयोजना हुने कार्यक्रमहरुमा सहभागी हुन भट्टराई ७ पुसमा भारत जानेछन्। भट्टराईले नयाँ दिल्लीमा नेपालको जेनजी आन्दोलन र नेपाल–भारत सम्बन्धबारे ८ पुसमा इन्डिया इन्टरनेशनल सेन्टर (आइआइसी)मा आयोजना हुने कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ। पूर्वराजदूत जयन्तप्रसादले अध्यक्षता गर्ने कार्यक्रमको आयोजना समाजवादी चिन्तक सुधीन्द्र भदोरियाले गरेका हुन्।
कार्यक्रममा नेपाल–भारत सम्बन्धबारे जानकार कूटनीतिज्ञ, विज्ञहरु सहभागी हुने आयोजकले जनाएको छ।





