एमालेको महाधिवेशनस्थलबाटै आज पत्रकार सम्मेलन

२०८२ मंसिर २६, शुक्रबार

काठमाडौँ : नेकपा (एमाले)ले भोली शनिबार सुरु हुने आफ्नो एघारौँ महाधिवेशनबारे जानकारी दिन पत्रकार सम्मेलन गर्दैछ । एमालेले आज दिउँसो २ बजे भक्तपुरको सल्लाघारीस्थित महाधिवेशनस्थलमै पत्रकार सम्मेलनको आयोजना गर्न लागेको हो ।

पत्रकार सम्मेलनमा यही मंसिर २७ देखि २९ गतेसम्म भक्तपुर र काठमाडौंमा हुने महाधिवेशनको तयारीलगायत सम्पूर्ण विषयमा एमालेका महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी गराउनेछन् । एमालेले महाधिवेशनको उद्घाटन मंसिर २७ गते भक्तपुरको सल्लाघारीमा गर्दै छ भने त्यसपछि बन्दसत्र मंसिर २८ र २९ गते काठमाडौंको भृकुटीमण्डपमा गर्नेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार