मन्त्रिमण्डल विस्तार हुँदै, आज ४ जनाको शपथ

२०८२ मंसिर २६, शुक्रबार

काठमाडौँ : अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले आज मन्त्रिपरिषद् विस्तार गर्दै छिन् । कार्कीले चौथोपटक क्याविनेट विस्तार गर्न लागेकी हुन् ।

उनले ४ जना मन्त्री थप्न लागेकी हुन् । स्रोतका अनुसार कुमार इङनाम, माधव चौलागाईँ, राजेन्द्रसिंह भण्डारी र श्रद्धा श्रेष्ठलाई मन्त्रीमा नियुक्त गर्न लागेकी छ्न् ।

श्रद्धा नेपाल पर्यटन बोर्डको कर्मचारी हुन् ।

नवनियुक्त मन्त्रीहरूको शपथ आजै गराउने तयारी छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार