एमाले महाधिवेशनको बन्द सत्र ३ बजेलाई सर्‍यो

२०८२ मंसिर २८, आईतवार

काठमाडौँ : नेकपा एमालेको ११औँ महाधिवेशनको बन्द सत्रको समय फेरि सारिएको छ । भक्तपुरको सल्लाघारीमा शनिबार उद्घाटन भएको महाधिवेशनको बन्द सत्र भृकुटीमण्डपमा हुँदै छ ।

यसअघि बिहानै सुरु गर्ने भनिएको बन्द सत्र सारेर ३ बजे पुर्‍याइएको हो । केन्द्रीय कमिटीको बैठकपछि प्रचार विभागका प्रमुख राजेन्द्र गौतमले बन्द सत्र ३ बजेका लागि सरेको जानकारी दिएका हुन् ।

बन्द सत्र सुरु हुनुअघि केन्द्रीय कमिटी बैठक बसेको थियो । बैठकले विधान महाधिवेशनको निर्णय उल्ट्याएको छ । केन्द्रीय सदस्यको संख्या बढाउने र स्थायी कमिटी रहने गरी संशोधन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार