कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक

२०८२ मंसिर २८, आईतवार

काठमाडौँ : नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ ।

सोमबार बिहान ९ बजे सानेपास्थित पार्टी मुख्यालयमा बस्ने गरी पदाधिकारी, सदस्य आमन्त्रित सदस्य र ७ वटै प्रदेश सभापतिलाई बोलाइएको मुख्यसचिव कृष्ण प्रसाद पौडेलले बताए ।

बैठक महाधिवेशन तालिका, राष्ट्रिय सभा र प्रतिनिधिसभा चुनावका लागि जिल्लाबाट भएको उम्मेदवार सिफारिसलगायतमा केन्द्रित हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार