काठमाडौं : ब्राजिलियन विंगर राफिन्हाको दुई गोल मद्दतमा स्पेनिस लालिगा फुटबलमा शीर्षस्थानको बार्सिलोनाले जित हासिल गरेको छ ।
बार्सिलोनाले घरेलु मैदानमा भएको खेलमा ओसासुनालाई २-० गोलअन्तरले हराएको हो । राफिन्हाले दोस्रो हाफको ७०औं र ८६औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई जित दिलाए ।
जितपछि बार्सिलोनाको १७ खेलमा ४३ अंक भएको छ । पराजित ओसासुनाको १५ अंक छ र १६औं स्थानमा छ ।








