काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देशीविदेशी पक्षका चुनौतीकाबीच पार्टीलाई एकढिक्का बनाउनुपर्ने बताएका छन्।
सो पार्टीको ११औं राष्ट्रिय महाधिवेशनको आइतबारदेखि सुरु भएको बन्दसत्रमा सम्बोधन गर्दै उनले राष्ट्रिय राजनीति, विकास र समृद्धिका पक्षमा पार्टी एक लय र सुरका साथ प्रस्तुत हुनुपर्नेमा जोड दिएका हुन्।
गत भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनको क्रममा भएका घटनाको तत्कालीन प्रधानमन्त्रीले जिम्मेवारी लिनुपर्छ भन्ने खालका तर्कहरुमा पार्टीका नेताहरु बहकिन नहुने आग्रह गरे।








