मधेशमा आज मन्त्रिपरिषद् विस्तार हुँदै

२०८२ मंसिर २९, सोमबार

काठमाडौँ : मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् ।

उनले जनमतबाहेक सात दलीय गठबन्धनबाट मन्त्रालय तोकेर एक-एक जना मन्त्री नियुक्त गर्ने तयारी गरेका हुन् ।

आज बसेको सात दलीय गठबन्धनको बैठकले तत्काल सात दलभित्रबाट प्रतिनिधित्व हुने गरी मन्त्रालयसहित एक-एक जना मन्त्री नियुक्त गर्ने निर्णय भएको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।

ती नेताका अनुसार आगामी पुस ४ गते मुख्यमन्त्री यादवले विश्वासको मत लिने निर्णय समेत भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार