लेखराज भट्टद्वारा सचिवमा दोहोरिन अस्वीकार

२०८२ मंसिर २९, सोमबार

काठमाडौँ : नेकपा एमालेका सचिव लेखराज भट्टले पुन: सोही पदमा प्रतिस्पर्धा गर्न अस्वीकार गरेका छन् ।

११ औं महाधिवेशनमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले तयार पारेको प्यानल लिस्टमा भट्टको नाम सचिवमै राखिएको छ । त्यसप्रति असन्तुष्टि जनाउँदै भट्टले आफूले सचिव पदमा प्रतिस्पर्धा नगर्ने बताए । ‘म सचिव पदमा लड्दिनँ, कसले नाम राख्यो थाहा छैन,’ भट्टले भने, ‘नेताहरूसँग कुरा गरिरहेको छु ।’

सुदूरपश्चिमका भट्ट उपमहासचिवको आकांक्षी छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार