पुस महिनाका लागि अधिकांश वाणिज्य बैंकहरूले घटाए ब्याजदर

२०८२ मंसिर २९, सोमबार

काठमाडौं : वाणिज्य बैंकहरूले पुस महिनाका लागि ब्याजदर सार्वजनिक गरेका छन् । वाणिज्य बैंकहरुले पुस १ गतेदेखि लागू हुने गरी मुद्दती निक्षेपको ब्याजदर सार्वजनिक गरेका हुन् ।

पुस महिनाका लागि अधिकांश वाणिज्य बैंकहरूले मुद्दती निक्षेपको ब्याजदर घटाएका छन् । बैंकहरूले मुद्दती निक्षेपको ब्याजदर औसत व्यक्तिगततर्फ ०.२७ प्रतिशत घटेर औसत ४.७६ प्रतिशतमा झरेको छ । यसअधि मंसिर महिनाको औसत ब्याजदर व्यक्तिगततर्फ ५.०३ प्रतिशत रहेको थियो ।

पुसमा मुद्दती निक्षेपमा ब्याजदर संस्थागततर्फ औसत ०.२१ प्रतिशत घटेर ३.३७ प्रतिशतमा झरेको छ । यसअघि मंसिरमा संस्थागततर्फ औसत ३.५८ प्रतिशत ब्याजदर थियो । पुस महिनाका लागि १३ बैंकले ब्याजदर घटाएका छन् भने ७ बैंकले ब्याजदर स्थिर राखेका छन् ।

ब्याजदर घटाउने बैंकहरुमा नबिल बैंक, ग्लोबल आइएमई बैंक, कृषि विकास बैंक, राष्ट्रिय वाणिज्य बैंक, एभरेष्ट बैंक, कुमारी बैंक, नेपाल बैंक, लक्ष्मी सनराइज बैंक, नेपाल एसबीआई बैंक, प्राइम बैंक, प्रभु बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक र सानिमा बैंक रहेका छन् ।

त्यस्तै, ब्याजदर स्थिर राख्ने बैंकहरुमा हिमालयन बैंक, एनआईसी एशिया बैंक, सिटिजन्स बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, माछापुच्छ्रे बैंक, एनएमबि बैंक र सिद्धार्थ बैंक रहेका छन् ।

नबिल बैंक  
बैंकले पुस महिनाका लागि ब्याजदर घटाएको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ४.५५ प्रतिशत र संस्थागततर्फ ३.५५ प्रतिशत ब्याजदर कायम गरेको छ । यसअघि बैंकले मंसिर महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ४.७५ प्रतिशत र संस्थागततर्फ ३.७५ प्रतिशत ब्याजदर कायम गरेको थियो ।

ग्लोबल आइएमई बैंक  
बैंकले पुस महिनाका लागि व्यक्तिगत र संस्थागत दुवै मुद्दती निक्षेपको अधिकतम ब्याजदर घटाएको छ । बैंकले पुस महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ५.५ प्रतिशत र संस्थागतर्फ ३.७५ प्रतिशत ब्याजदर कायम गरेको छ । यसअघि बैंकले मंसिर महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६ प्रतिशत र संस्थागतर्फ ४.२५ प्रतिशत ब्याजदर कायम गरेको थियो ।

कृषि विकास बैंक  
बैंकले पुस महिनाका लागि व्यक्तिगत निक्षेपको ब्याजदर घटाएको छ भने संस्थागत निक्षेपको ब्याजदर स्थिर राखेको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ४.५५ प्रतिशत र संस्थागततर्फ २.७५ प्रतिशत ब्याजदर कायम गरेको छ । यसअघि मंसिर महिनाका लागि बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ४.९५ प्रतिशत र संस्थागततर्फ २.७५ प्रतिशत ब्याजदर कायम गरेको थियो ।

राष्ट्रिय वाणिज्य बैंक  
पुष महिनाका लागि बैंकले व्यक्तिगत निक्षेपको ब्याजदर घटाएको छ भने संस्थागततर्फको स्थिर राखेको छ । बैंकले  व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ५ प्रतिशत र संस्थागततर्फ ४ प्रतिशत ब्याजदर कायम गरेको छ । यसअघि मंसिर महिनाका लागि बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ५.५ प्रतिशत र संस्थागततर्फ ४ प्रतिशत ब्याजदर कायम गरेको थियो ।

एभरेष्ट बैंक  
पुष महिनाका लागि बैंकले व्यक्तिगत निक्षेपको ब्याजदर घटाएको छ भने संस्थागततर्फको ब्याजदर स्थिर राखेको छ । बैंकले व्यक्तिगत निक्षेपतर्फ अधिकतम ४.७५ र संस्थागतर्फ ४ प्रतिशत ब्याजदर कायम छ ।  यसअघि मंसिर महिनाका लागि बैंकले व्यक्तिगत निक्षेपतर्फ अधिकतम ५ र संस्थागतर्फ ४ प्रतिशत ब्याजदर कायम गरेको थियो ।

कुमारी बैंक  
बैंकले पुष महिनाका लागि व्यक्तिगत र संस्थागत मुद्दती निक्षेपतर्फको अधिकतम ब्याजदर घटाएको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ४.५३ र संस्थागततर्फ ३.५ प्रतिशत ब्याजदर कायम गरेको छ । यसअघि बैंकले मंसिर महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ४.९१ प्रतिशत र संस्थागतर्फ ४.०१ प्रतिशत ब्याजदर कायम गरेको थियो ।

नेपाल बैंक 
बैंकले पुस महिनाका लागि व्यक्तिगत निक्षेपको ब्याजदर घटाएको छ भने संस्थागत निक्षेपको स्थिर राखेको छ । बैंकले व्यक्तिगत निक्षेपको अधिकतम ब्याजदर ५.१ प्रतिशत र संस्थागततर्फको ३.२५ प्रतिशत ब्याजदर कायम गरेको छ । यसअघि मंसिर महिनाका लागि बैंकले व्यक्तिगत निक्षेपको अधिकतम ब्याजदर ५.२५ प्रतिशत र संस्थागततर्फ अधिकतम ३.२५ प्रतिशत ब्याजदर कायम गरेको थियो ।

लक्ष्मी सनराइज बैंक  
बैंकले पुस महिनाका लागि व्यक्तिगत र संस्थागत मुद्दती निक्षेपतर्फको अधिकतम ब्याजदर घटाएको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ४.७५ र संस्थागतको ३.५ प्रतिशत कायम गरेको छ । यसअघि मंसिर महिनाका लागि बैंकले व्यक्तिगत निक्षेपतर्फ अधिकतम ५ प्रतिशत र संस्थागततर्फ ४ प्रतिशत ब्याजदर कायम गरेको थियो ।

नेपाल एसबीआई बैंक  
बैंकले पुस महिनाका लागि व्यक्तिगत र संस्थागत मुद्दती निक्षेपतर्फको अधिकतम ब्याजदर घटाएको छ । बैंकले  व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ४.५५ प्रतिशत र संस्थागततर्फ २.८ प्रतिशत ब्याजदर कायम गरेको छ  । यसअघि मंसिर महिनाका लागि बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ४.८ प्रतिशत र संस्थागततर्फ ३.८ प्रतिशत ब्याजदर कायम गरेको थियो ।

प्राइम कमर्सियल बैंक  
बैंकले पुस महिनाका लागि व्यक्तिगत निक्षेवको ब्याजदर घटाएको छ भने संस्थागतको स्थिर राखेको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ४.२५ प्रतिशत र संस्थागततर्फ २.७५ प्रतिशत ब्याजदर कायम गरेको छ । यसअघि मंसिर महिनाका लागि बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ४.७५ प्रतिशत र संस्थागततर्फ २.७५ प्रतिशत ब्याजदर कायम गरेको थियो ।

प्रभु बैंक  
बैंकले पुष महिनाका लागि व्यक्तिगत निक्षेपको ब्याजदर घटाएको छ भने संस्थागत निक्षेपको अधिकतम ब्याजदर स्थिर राखेको छ।  बैंकले व्यक्तिगततर्फ अधिकतम ४.५५ प्रतिशत र संस्थागततर्फ २.७५ प्रतिशत ब्याजदर कायम गरेको छ । यसअघि बैंकले मंसिर महिनाका लागि व्यक्तिगततर्फ अधिकतम ४.९५ प्रतिशत र संस्थागततर्फ २.७५ प्रतिशत ब्याजदरकायम गरेको थियो ।

स्ट्याण्डर्ड चाटर्ड बैंक
बैंकले पुष महिनाका लागि व्यक्तिगत निक्षेपतर्फको ब्याजदर घटाएको छ भने संस्थागततर्फको स्थिर राखेको छ । बैंकले व्यक्तिगततर्फ अधिकतम ४.६ प्रतिशत र संस्थागततर्फ २.७५ प्रतिशत ब्याजदर कायम गरेको छ । यसअघि बैंकले मंसिर महिनाका लागि व्यक्तिगततर्फ अधिकतम ४.७ प्रतिशत र संस्थागततर्फ २.७५ प्रतिशत ब्याजदर कायम गरेको थियो ।

सानिमा बैंक  
बैंकले पुस महिनाका लागि व्यक्तिगत निक्षेपको ब्याजदर घटाएको छ भने संस्थागततर्फको स्थिर राखेको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ४.७५ प्रतिशत र संस्थागततर्फ ३.३ प्रतिशत ब्याजदर कायम गरेको छ । यसअघि बैंकले मंसिर महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ५ प्रतिशत र संस्थागततर्फ ३.३ प्रतिशत ब्याजदर कायम गरेको थियो ।

हिमालयन बैंक  
बैंकले पुस महिनाका लागि व्यक्तिगत निक्षेप र संस्थागत दुवैको अधिकतम ब्याजदर स्थिर राखेको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ५.५ प्रतिशत र संस्थागतर्फ ४.२५ प्रतिशत ब्याजदर कायम गरेको छ ।

एनआईसी एशिया बैंक
बैंकले पुस महिनाका लागि व्यक्तिगत र संस्थागत मुद्दती निक्षेपको ब्याजदर स्थिर राखेको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ५ प्रतिशत र संस्थागततर्फ अधिकतम ४ प्रतिशत ब्याजदर कायम गरेको छ ।

सिटिजन्स इन्टरनेशनल बैंक
बैंकले पुस महिनाका व्यक्तिगत र संस्थागत निक्षेपको ब्याजदर स्थिर राखेको छ । बैंकले पुस महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ४.७५ प्रतिशत र संस्थागततर्फ ३ प्रतिशत ब्याजदर कायम गरेको छ ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक  
बैंकले पुस महिनाका लागि व्यक्तिगत र संस्थागत मुद्दती निक्षेपको ब्याजदर स्थिर राखेको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ५ प्रतिशत र संस्थागततर्फ ४ प्रतिशत ब्याजदर कायम गरेको छ ।

माछापुच्छ्रे बैंक  
बैंकले पुस महिनाका लागि व्यक्तिगत र संस्थागत मुद्दती निक्षेपको ब्याजदर स्थिर राखेको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ५ प्रतिशत र संस्थागततर्फ ३ प्रतिशत ब्याजदर कायम गरेको छ ।

एनएमबी बैंक  
बैंकले पुस महिनाका व्यक्तिगत र संस्थागत मुद्दती निक्षेपको अधिकतम ब्याजदर स्थिर राखेको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ५ प्रतिशत र संस्थागततर्फ ४ प्रतिशत ब्याजदर कायम गरेको छ ।

सिद्धार्थ बैंक  
सिद्धार्थ बैंकले व्यक्तिगत र संस्थागत मुद्दती निक्षेपको अधिकतम ब्याजदर स्थिर राखेको छ । बैंकले पुस महिनाका लागि व्यक्तिगततर्फ अधिकतम ५ र संस्थागतर्फ ४ प्रतिशत ब्याजदर कायम गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार