सरकारसँग वार्ता गर्न दुर्गा प्रसाईंले बनाए समिति

२०८२ मंसिर २९, सोमबार

काठमाडौं : राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान, नेपालले सरकारसँग वार्ता गर्न तीन सदस्य समिति गठन गरेको छ।

दुर्गा प्रसाईं नेतृत्वको उक्त अभियानले प्रेमदिप लिम्बू संयोजक रहेको वार्ता समिति बनाएको हो । समितिमा देवीप्रसाद संग्रौला र प्रेम थापा मगर सदस्य छन् ।

सरकारले पनि सञ्चारमन्त्री जगदीश खरेलको संयोजकत्वमा तीन सदस्यीय आन्तरिक सहजीकरण तथा समस्या समाधान समिति गठन गरेको छ। समितिले महाअभियानका तत्कालै सम्बोधन गर्न सकिने विषय तथा मागहरूको सम्बन्धमा छलफल गर्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार